Connect with us
Kapilvast Forest

चीनको शक्तिशाली भूकम्पमा कम्तिमा ४६ जनाको मृत्यु, १६ जना बेपत्ता

२०७९, २१ भाद्र मंगलवारमा प्रकाशित

चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ। दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परि १६ जना वेपत्ता हुनुका साथै दर्जनौ घाइते भएका छन्।

स्थानीय समय अनुसार सोमबार दिउँसो १ बजे भुकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिण पश्चिमस्थित दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहरमा रहेको छ। भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ।

invotech
भूकम्पले दूरसञ्चारका लाइन विच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ।

सरकारी सञ्चार माध्यम सिसिटिभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ। भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् ।

भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दूरसञ्चार सेवा अवरूद्ध भएको छ।

softwaricanic
चिनीयाँ अधिकारीका अनुसार पहाडबाट ढुंगा र माटो खसेपछि सडक र बिजुली अवरुद्ध भएको छ।

भूकम्पको केन्द्रबिन्दुबाट २०० किलोमिटर टाढा रहेको चेङ्दुमा भवनहरूसमेत हल्लिएका थिए।

हालैका वर्षहरूमा चीनको सबैभन्दा घातक भूकम्प सन् २००८ मा ७.९ म्याग्निच्युडको भूकम्प थियो। जसले सिचुआनमा लगभग ९० हजार मानिसको ज्यान लिएको थियो।

गत साता मात्र कोभिड संक्रमण फैलिएको भन्दै सिचुआनको राजधानी चेङ्डुका करिब २ करोड १० लाख मानिसलाई घरमै बस्न आदेश दिइएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu