Connect with us
Kapilvast Forest

मृगौला पिडित थारुलाई आर्थिक सहयोग

२०७९, २८ भाद्र मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिका वाड नं. १ का मृगौला पिडित नारायण थारुलाई आर्थिक सहायता प्रदान गरिएको छ । मृगौला पिडित नारायण थारु बचाउ अभियानमा संकलित रकम पिडितका बुबा मङ्गलुराम थारुलाई नगद रु २ लाख ५२ हजार ७ सय ४० हस्तान्त्रण गरीएको अभियानकर्मी लेखनाथ घर्तीले जानकारी दिनुभयो ।

युनिक स्वयमसेबक नेपालले मृगौला पिडित नारायण थारु बचाउ अभियान सन्चालन गरी आर्थिक संकलन गरेको युनिक स्वयमसेबक नेपालका अध्यक्ष एजिला बस्नेतले बताउनुभयो । २२ वर्षिय थारु केहि महिना पहिले देखि दुबै मृगौलामा समस्या देखिएको थियो । थारुको अहिले सिद्धबाबाा हस्पिटल एण्ड रिसर्च सेन्टर रुपन्देहि बुटवलमा उपचार भईरहेको छ ।
पिडितका बुबा थारुले छोराकोे स्वस्थ्य अवस्थाको बारेमा जानकारी गराउँदै सहयोगी संस्था र दाताहरुलाई धन्यवाद दिनुभयो । उहाले भन्नुभयो “मृगौला प्रत्यारोपण गर्न पनि २५÷३० लाख रुपैया लाग्ने भएकोले कसरी छोराको उपचार गर्ने भन्नेमा पीडा सताएको छ ।” मङ्गलुराम जग्गा बेचेको पैसाले नपुगेर १५ लाख रुपैया भन्दा बढी त ऋण नै लागिसकेको बताउनुभयो । मृगौला प्रत्यारोपण गर्न आर्थिक अवस्था पनि छैन, छोराको लागि आफुले यो सहयोग रकम लिएको बताउनुभयो ।

छोराको मृगौला प्रत्यारोपण गर्न आर्थिक अवस्था नभएको हुनाले जीवनरक्षाको लागि स्वदेश तथा विदेशमा हुनुहुने सहयागीदाताहरुबाट सहयोगको मङ्गलुरामले याचना समेत गरेका छन् । हप्तामा ३ पटक डाइलोसिस गर्नुपर्दा साह्रै नै समस्यामा परेको थारुले बताउनुभयो । मासिक औषधी पनि खानुपर्छ, खर्च धान्न परिवारलाई गाह्रो रहेको उहाले बताउनुभयो ।
६ जनाको परिवार रहेको उहाको परिवारको आम्दानीको श्रोत केही छैन । दैनिक गुजारा चलाउन मुस्किल छ । श्रीमती, २ छोरा, १ बुहारी र नातीका साथ रहेको नारायण थारु बिरामी भएपछि खुशीका दिनहरु हराएका छन् ।

कार्यक्रममा शिबराज नगरपालिकाका उपमेयर शिवकुमारी थारुले सहयोग गर्ने संस्था युनिक स्वयमसेबक नेपालको खुलेर प्रशांशा गर्नुभयो । सो सहयोग हस्तान्त्रण कार्यक्रममा युनिक स्वयमसेबक नेपालको अध्यक्ष एजिला बस्नेत, शिवराज नगरपालिका वडा न १ का वडा अध्यक्ष खिम विक्रम के सी ,वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे,मृगौला पिडित नारायण थारु बचाउ अभियानका सहजकर्ता लेखनाथ घर्ति पोख्रेल, विभिन्न संघसस्थाका प्रतिनिधि, राजनितिकदलका प्रतिनिधि ,समाजसेवि पत्रकार लगायतको सहभागितामा संकलित सहयोग हस्तान्त्रण गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu