Connect with us
Kapilvast Forest

डेंगु फैलिनुमा सरकारको तयारी नहुनु प्रमुख कारण

२०७९, ४ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं- नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले कोरोना महामारीबाट पाठ नसिक्दा अहिले डेंगु रोग फैलिएको बताएका छन् । मंगलबार नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले डेंगुको प्रकोप फैलिनुमा सरकारको तयारी नहुनु प्रमुख कारण रहेको बताए ।

‘कोभिडबाट अहिले डेंगुको बेलामा आउँदाखेरि खासै धेरै कुराहरु सिक्न सकिएनछ हामीले । … कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो’ उनले भने, ‘कोभिडलगत्तै नेपाल सरकारको निर्णय, त्यतिबेलाको बजेट आदिलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाहरुको निर्माणमा खासै चासो दिएको देखिएन ।’

महामन्त्री थापाले रोग लाग्नै नदिने गरी स्वास्थ्य क्षेत्रमा सचेतना जगाउने गरी राजनीतिक दलहरुले पनि आगामी निर्वाचनको एजेण्डा बनाउनुपर्ने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu