Connect with us
Kapilvast Forest

संविधानको संरक्षकलाई संविधानको दायरा बाहिर जाने छुट छैन : उपराष्ट्रपति पुन

२०७९, ५ आश्विन बुधबारमा प्रकाशित

nanda_bahadur_pun_upraspati

काठमाडौं-उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताउनुभएको छ। उपराष्ट्रपति पुनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्दा उक्त विधेयक निक्रिय भएपछि बुधबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै यस्तो बताउनुभएको हो।

‘‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन’’, पुनले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भन्नुभएको छ। संविधानको प्रमुख पालक र संरक्षकबाट नै संविधानको पालना र संरक्षण हुन नसकेको भन्दै जनआवाजत उठेको भन्दै उहाँले यो परिस्थिति सिर्जना हुनु ज्यादै दुःखद् पक्ष भएको बताउनुभएको छ।

विज्ञप्तिमा थप भनिएको छ, ‘‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो। संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ। पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो।’’

उपराष्ट्रपति पुनले सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यहीं असोज ३ गते हर्षोल्लासका साथ मनाएको सन्दर्भ उल्लेख गर्दै यसको पालन र संरक्षण गर्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ।

उहाँले संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षलाई आग्रहसमेत गर्नुभएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu