Connect with us
Kapilvast Forest

सिंचाइको कुनै काम नगरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा

२०७९, ७ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं- सिंचाइ योजनाका नाममा कुनै काम नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सुर्खेतको घुमखहरेको लामिताले मोटर सिंचाइ आयोजनामा भ्रष्टाचार भएको आरोप लगाएको हो । १५ वर्षअघिको घटनामा अख्तियारले ४ लाख ३८ हजार रुपैयाँ विगो माग दावी गरेको छ ।

अख्तियारले घुमखहरे गाविसका सचिव खड्कबहादुर रोकाया, देवीलाल सुनार, प्राविधिक सहायक खगेन्द्र प्रसाद उपाध्याय र उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्तीविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले शुक्रबार नै बाँकेको कोहलपुर–४ रोहिणीस्थित सिर्जना सामुदायिक वनमा उपभोक्ता समितिले गुणस्तरहीन भ्यूटावर निर्माण गरेको आरोपमा १५ लाख रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको छ ।

अख्तियारले उपभोक्ता समितीका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनु कुमारी पाण्डे र सचिव दिलमाया राना विरुद्ध मुद्दा दायर गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu