Connect with us
Kapilvast Forest

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्वाचित

२०७९, ८ आश्विन शनिबारमा प्रकाशित

काठमाडौ -ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग पुनः निर्वाचित हुनुभएको छ ।

टिआईकाे २७ औँ वार्षिक साधारणसभाबाट अध्यक्ष प्रधानाङ्ग सहित कार्यसमिति सदस्यमा सबिता भण्डारी बराल, शरच्चन्द्र वस्ती, सिताराम अग्रहरी, मदनकृष्ण शर्मा, महेन्द्र नारायण श्रेष्ठ, हरि बहादुर थापा, सुनिता गुरुङलाई निर्वाचित हुनुभएको हाे ।

९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ।

सभाले संस्थाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।

संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणलीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ । भ्रष्टाचार विरुद्धको राजनितिक प्रतिवद्धता र शुन्य संवेदनशिलता नारामा मात्र सिमित रहेको जनाएको छ ।

संघीय संरचना र लोकतान्त्रिक व्यवस्था सुदृढ भई आम नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा अझै कार्यान्वयन हुन नसकेको पनि उल्लेख गरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu