Connect with us
Kapilvast Forest

लोकतन्त्रको रक्षा कांग्रेसले नै गर्छ : आर्चाय

२०७९, ८ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तु –
लोकतन्त्रको रक्षा गर्न र जनताका समस्या समाधान गर्न पनि कागे्रंस पार्टी बलियो हुनुपर्ने पुर्व सिंचाइ राज्य मन्त्री तथा नेपाली कागे्रंसका लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चायले बताएका छन् । । नेपाली कागे्रंस यशोधरा गाउंपालिका वडा नं ६ बुथ इकाइ समितिले रंगपुरमा आयोजित कार्यक्रममा आर्चायले यस्तो धारण व्याक्त गरेका हुन् । आर्यायले विदेशी राष्ट्हरुको मित्रवत व्यवाहार , लोकतन्त्रको रक्षा र विकासको लागि कागे्रंसको विकल्प अरु पार्टी नभएको बताए । २० वर्ष यो क्षेत्रमा एउटै व्याक्ति सक्तामा हुदा पनि परिवर्तन र विकास नहुनु दुःखद भएको बताए । तराइका सिमाका जनताका सिंचाई ,मलखाद,शिक्षा , स्वास्थ्य तथा सडकको विकासको लागि नेपाली कागे्रंस सधै तत्पर रहेको उनले बताए । त्यस्तै पुर्व पार्टी सभापति सुधाकर पाण्डेये नेकपा एमालेले सरकार र सदनवाट २,२ पटक गएको नागरिकता विधेयक राष्ट्पती वाट रोक्न लगाइ अन्याय गरेको बताए । तराई मधेसमा रहेको नागरिकता समस्या समाधान गर्न नेपाली कागे्रंसको नेतृत्वमा विधयक तयार पारि राष्ट्पतिकोमा पठाउदा विधेयक पास नगराइ लाखै नागरिकलाई गैर नागरिक वनाएको टिप्पणी गरे । सो अवसरमा पुर्व जिल्ला उपसभापति राम आशिष पाण्डेय, जिल्ला सह सचिव वजिह अरसद , आमन्त्रीत जिल्ला सदस्य वृजकिशोर उपाध्याय, ओम प्रकाश गुप्ता, गाउंंपालिका सभापति दिनेश कुमार पाण्डेय, राकेश तिवारी,रामदेव कलवार लगायतले लोकतन्त्र ,समाजवाद र वर्तमान राजनैतिक अवस्थाको बारेमा चर्चा गरेका थिए । इकाइ सभापति श्यामनारयण उपाध्यायको अध्यक्षता र नन्दकिशोर उपाध्यायको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा पार्टीका हरेक तह र तप्काका कार्यकर्ताहरु आगामी निर्वाचन केन्द्रित भई प्रचार प्रारमा लाग्ने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu