Connect with us
Kapilvast Forest

दाङकाे लमहीमा सवारीको ठक्करबाट एक जनाको मृत्यु

२०७९, १० आश्विन सोमबारमा प्रकाशित

दाङ- दाङको लमही नगरपालिका-७ मा एक जनाको दुर्घटनामा परी मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्ग किनारमा चोटपटक लागेको अवस्थामा लमही नगरपालिका वडा नम्बर ७ जनकपुर निवासी करिब ५० वर्षीय लिलाराम चौधरी घाइते फेला परेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका चौधरीलाई लमही अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो। चौधरीलाई कुन सवारीसाधनले ठक्कर दिएको भन्ने बारे अझै नखुलेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ।

घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu