Connect with us
Kapilvast Forest

प्राकृतिक सम्पदा दोहनले विपद्‌का घटना बढे : पूर्वराष्ट्रपति यादव

२०७९, १४ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौँ — पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दुखेसो गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित १५३ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यकभन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए ।

पूर्वराष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुनढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका कारण प्राकृतिक विपद्हरु दिनप्रतिदित बढिरहेको उनको भनाइ थियो । उनले नेपालमा मात्रै नभई विश्वमा नै जलवायु संकट, भूमण्डीकरणको समस्या रहेको बताए ।

उनले वैज्ञानिकहरुले प्राकृतिक स्रोत, सम्पदाहरुको दोहन गर्दा आउनसक्ने परिणामको चेतावनी दिँदासमेत विश्वका नेतृत्वकर्ताहरुले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको उनको भनाइ थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu