Connect with us
Kapilvast Forest

गुल्मीमा करेन्ट लागेर मोहमद आजादको मृत्यु

२०७९, १६ आश्विन आईतवारमा प्रकाशित

karenta-lagyo

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाको निर्माणाधीन अस्पतालमा काम गरिरहेका बेला करेन्ट लागेर भारतको छोटावासीनभार ग्राम परमानन्दपुर पोष्ट वसन्तपुरका २८ वर्षीय मोहमद मोहमद आजादको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शनिवार दिउँसो काम गर्दै गर्दा करेन्ट लागेर घाइते हुनुभएका आजातको राति गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

भारत घर भएका आजात लामो समयदेखि अर्जुन विल्डर्स कम्पनी तम्घासमा कामदारको रुपमा कार्यरत हुनुहुन्थ्यो । सो अस्पतालको निर्माणकार्य अर्जुन बिल्डर्स तम्घास गुल्मीले गरेको थियो ।

शवलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu