Connect with us
Kapilvast Forest

नागरिकको घरदैलोमा व्यस्त छु : उम्मेद्वार एहसान

२०७९, २ कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तु क्षेत्र नम्बर ३ (क) को प्रदेश सभाका उम्मेद्वार एहसान अहमद खाँले शिवराज नगरपालिकाको विभिन्न स्थानमा कार्यकर्ता तथा मतदातासंग भेटघाट गर्नुभएको छ । नेता एहसानले शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रमा काम गर्ने आस्वासन दिनुभयो ।

नागरिकको हरेक सुख दुःखमा सदैव साथ रहने नेता खाँले बताउनुभयो । अहिले जनताको घरदैलोमो पुगेर जनताको दुखमा सहयोग गरिरहेको बताउनुभयो ।

भेटघाटका क्रममा उम्मेद्वार खाँले मतदाताको भोटको सदैव कदर गर्ने प्रतिवद्धता व्यक्त गर्दै विकासको काम गर्ने बताउनुभयो । शिवराजको विकट क्षेत्रको विकासलाई निरन्तरता दिने बताउदै यस क्षेत्रको आवश्यकता र मागलाई आफुले नजिकैबाट अनुभव गरेको बताउनुभयो ।

अब पनि कोहिकसैले पूर्वाग्रह नराखी उम्मेदवारहरुको पक्षमा लाग्नुपर्ने उहाले बताउनुभयो । गठबन्धनका सबै पार्टिका युवाहरुलाई निर्वाचनमा सक्रिय रुपमा परिचालन गरी साझा उम्मेदवारहरुलाई विजयी गराउनु पर्ने भन्दै उम्मेदवार एहसान अहमद खाँले आफ्नो जित संगै विकास निर्माणका कामले गति लिने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu