Connect with us
Kapilvast Forest

विकासको सपना पुरा गर्न उम्मेदवारी दिएको हुँ : वरिष्ठ नेता पौडेल

२०७९, ४ कार्तिक शुक्रबारमा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलले विकासको सपना पुरा गर्न उम्मेदवार बनेको बताउनुभएको छ। व्यास नगरपालिका–७ मा चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

गाउँमा सडक, विद्यालय, बिजुली, पानी र स्वास्थ्य केन्द्र पुगेर पनि आम्दानी र रोजगारी पु¥याउन बाँकी रहेकोले सक्रिय राजनीतिमा लागेको पौडेलले बताउनुभयो। देशलाई सुशासन दिएर विकास गरेर यो देशका युवालाई विदेशिन नपर्ने, रोजगारीको सिर्जना गर्ने सपना पुरा नभएकोले राजनीतिबाट विश्राम नलिएको उहाँको भनाइ छ।

‘‘व्यवस्था परिवर्तन भएपनि यसको सही व्यवस्थापन हुन नसकेकोले जनताको अवस्था बदलिएको छैन। यही परिस्थिति बदल्नका लागि अघि बढ्ने हो त्यसको लागि राजनीतिमा सक्रिय रहेर उम्मेदवार बनेको हुँ’, नेता पौडेलले भन्नुभयो । जनताको निराशालाई हटाउनु पर्ने र परिवर्तन आएर पनि देशमा निराशा किन व्याप्त भएकोले जनताले परिवर्तनको अनुभूति हुने गरी काम गर्न बाँकी रहेको पौडेलको धारणा थियो।

व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएकोले त्यो पुरा गर्न राजनीतिमा सक्रिय भएको पौडेलको भनाइ थियो। अझै पनि प्रवृत्तिहरु पुरानै भएको, विकृति नघटेको, सूशासन कायम हुन बाँकी रहेको उहाँको भनाई थियो ।

सुशासन ल्याउनको लागि सबैको समर्थन र सहयोग प्राप्त गर्नको लागि, जनताकै सहयोगबाट यो हैसियतमा पुगेको र त्यसलाई निबिर्सिएको पौडेलले बताउनुभयो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य ओमकुमारी पौडेल, गण्डकी प्रदेश सभा सदस्यको लागि तनहुँ क्षेत्र नम्बर १ ‘क’ का गठबन्धनका प्रत्यक्ष तर्फका उम्मेदार अशोककुमार श्रेष्ठ, प्रदेश सभा सदस्यको नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार चिनु पोख्रेल, वसन्त दरै लगायते संविधानको रक्षा, देशको समृद्धि र राजनीतिक स्थायित्वको लागि गठबन्धनका उम्मेदवारलाई मत दिन जरुरी रहेको बताउनुभएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu