Connect with us
Kapilvast Forest

प्रदेशसभा सदस्यबाट राजीनामा दिएका पाण्डे फेरि एमालेमा फर्किए

२०७९, ८ कार्तिक मंगलवारमा प्रकाशित

राष्ट्रिय सभाका निवर्तमान सदस्य एवं कपिलवस्तुका कांग्रेसका नेता दृगनारायण पाण्डे नेकपा एमाले प्रवेश गरेका छन् ।
२०७४ को चुनावमा एमालेबाटै प्रदेश सभा सदस्यमा निर्वाचित भई प्रदेश सभाको सामाजिक विकास समिति सभापति रहेका उनी दुई वर्षअघि कांग्रेस प्रवेश गरेर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकारलाई बहुमत आवश्यक परेका बेला पाण्डेले राजीनामा दिएका थिए । त्यतिबेला नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनलाई सहयोग पुग्ने गरी राजीनामा दिएपछि उनलाई नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो । उनले राजीनामा दिएपछि पोखरेललाई मुख्यमन्त्रीमा आवश्यक बहुमत पुगेको थिएन ।

यसपटक प्रतिनिधिसभामा टिकटका आकांक्षी उनी टिकट नपाएपछि असन्तुष्ट थिए । पाण्डेले सोमबार एक विज्ञप्ति जारी गर्दै विगतमा आफू आवद्ध पार्टीमै फर्किएको उल्लेख गरेका छन् । देश, जनता र आफ्नो निकासका लागि एमालेबाटै हुने देखेर आफू एमालेमा समाहित भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

उनीसंगै नेपाली कांग्रेस जिल्ला सदस्य बलराम पाण्डे, महाराजगंज नगर उपसभापति,रामचन्द्र यादव, नगर उपसचिव विजय प्रकाश गुप्ता, क्षेत्रीय प्रतिनिधि कैलाश गुप्ता,केतार यादव लगायत नेताहरु पनि कांग्रेस परित्याग गरी आफूसंगै एमालेमा प्रवेश गर्ने निर्णय गरेको पाण्डेले जानकारी दिए ।

आफ्नो प्रवेशले कपिलवस्तु–२ मा प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार बृजेश गुप्तालाई सहज हुने पाण्डेको भनाइ छ । कांग्रेसले सुरेन्द्र आचार्यलाई टिकट दिएपछि पाण्डे रुष्ट भएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu