Connect with us
Kapilvast Forest

मिर्जा चुनाव चिन्ह कोदालो बोकेर घरदैलोमा

२०७९, १७ कार्तिक बिहीबारमा प्रकाशित

काधका कोदालो,जोसिला युवा,सबैलाई नमस्कार आर्सीवाद दिनुस् भन्दै जनताको घरघरमा पुगेका छन मिर्जा रासिद बेग,सलिन स्वभावका मिर्जा प्रति जनताको विश्वास बढ्दै गएको छ । उम्मेदवार मिर्जा चुनाव चिन्ह कोदालो बोकेर घरदैलो गरिरहेका छन ।

कपिलवस्तु क्षेत्र न ३(ख)का बलियो उम्मेदवारको रुपमा उनलाई हेर्न सकिन्छ । जनता प्रगतिशिल पाटी वाट उम्मेदवार रहेका मिर्जा अहिले आफ्नो क्षेत्रका विभिन्न गाउँमा घरदैलो गरिरहेका छन् ।

घरदैलोका क्रममा निकै सकारात्मक पाएको उनको बुझाई छ । जोस जागरका साथ नागरिकहरूको घरदैलोमा मात्र होइन किसानहरूको खेत खेतमा समेत मिर्जा पुग्ने गरेका छन् ।

कृष्णनगर नगरपालिका, बिजयनगर गाउँपालिका शिवराज नगरपालिका क्षेत्र भित्र बिहानै देखि उनी आफ्ना एजेन्डा सहित घरदैलो गरेका छन् । जनताको सेवा गर्ने उद्देश्यले आफू निर्वाचनमा उम्मेदवार बनेको प्रतिक्रिया दिएका छन् । विकास नै मेरो मूल आधार हो,यो क्षेत्र धेरै विषयमा पछाडि छ ।

यहाँ गफ गर्ने भन्दा काम गर्ने व्यक्ति चाहिएको छ मिर्जाले भने यो पटक जनताले मलाई विश्वास गरेर मत दिएमा जनताका आवश्यकता पुरा गर्ने छु । कृषि,शिक्षा,स्वास्थ्य,रोजगारी लगायत धेरै समस्याहरू रहेकोले ती समस्या समाधान गर्ने सङ्कल्प रहेको मिर्जाले बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj