Connect with us
Kapilvast Forest

निर्वाचनमा कुन कर्मचारी कहाँ खटिए (नामवली सार्वजनिक)

२०७९, २१ कार्तिक सोमबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तु- आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटाइने कपिलवस्तुका कर्मचारीहरुको नामवली सार्वजनिक भएको छ ।

निर्वाचन कार्यालय क्षेत्र नं ३ को कार्यालयले शिवराज चन्द्रौटाले मतदान केन्द्रमा खटाइने कर्मचारीको नामावली प्रकाशित गरेको छ ।

कपिलवस्तु जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ त्यस्तै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ र २ को लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय तौलिहवा, कपिलवस्तुबाट प्राप्त जनशक्तिहरु कर्मचारी जनशक्ति व्यवस्थापन गरेको छ ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीहरूको नामावली प्रकाशन गरिएको छ।

मतदान केन्द्रमा खटिनुभएका कर्मचारीहरूको नियुक्ति पत्र निर्वाचन अधिकृतको कार्यालय, शिवराज चन्द्रौटाबाट वितरण गरिने कम्प्युटर अपरेटर प्रकाश विश्वकर्माले जानकारी दिनु भयो ।

निर्वाचनको लागि खटाईएका जनशक्तिहरुको विवरण यस निर्वाचन अधिकृतको कार्यालयको सूचना पाटी तथा यसै कार्यालयको Facebook Page (निर्वाचन अधिकृतको कार्यालय चन्द्रौटा कपिलवस्तु) मार्फत समेत प्रकाशन गरिएको विश्वकर्माले जानकारी दिनुभयो । नामवली https://drive.google.com/file/d/1TZzqUjxkALBavRFLFhIQZC2DdY3pGea2/view?usp=drivesdk

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj