Connect with us
Kapilvast Forest

माल्टा, रोमानिया र साइप्रसमा रोजगारीका लागि जानेहरु बढ्दै

२०७९, १ मंसिर बिहीबारमा प्रकाशित

airport

चालु आर्थिक वर्षमा पनि नयाँ श्रम गन्तव्यहरुमा जाने नेपालीको संख्या झन् बढेको देखिएको छ । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भएर १ लाख ४७,९३२ पुगेको छ । तर, यसमा नयाँ श्रम गन्तव्यमा जानेको संख्या पनि उल्लेख्य बढेको छ ।

चालु आर्थिक वर्षको ०७९/८० को पहिलो ३ महिनामा माल्टामा मात्रै २ हजार ८६० जना नेपाली रोजगारीका लागि पुगेका छन् । यो अवधिमा माल्टा छैटौं प्रमुख श्रम गन्तव्य बनेको छ । गत वर्षभरिमा माल्टा जाने नेपालीको संख्या १ हजार २७५ थियो भने पहिलो तीन महिनामा यो संख्या ५२ मात्रै थियो ।

३ महिनाको तथ्यांकअनुसार सातौं प्रमुख श्रम गन्तव्य रहेको रोमानियामा २ हजार ४४९ जना नेपाली पुगेका छन् । जबकी अघिल्लो वर्ष समीक्षा अवधिमा रोमानिया जाने नेपालीको संख्या १ हजार ५२ थियो भने वर्षभरिमा ६ हजार ४२३ जना रोमानिया पुगेका थिए ।

साइप्रस जाने नेपालीको संख्या पनि यो वर्ष बढेको छ । ३ महिनामा १ हजार ५५ जना नेपाली रोजगारीका लागि साइप्रस पुगेका छन् । गत वर्ष यस्तै अवधिमा ६९७ जना साइप्रस पुगेका थिए भने वर्षभरिमा ३ हजार ३२२ जनाले साइप्रस जान श्रम स्वीकृति लिएका थिए ।

यो अवधिमा माल्दिभ्समा ८२६ जना, इजरायलमा ७२९, पोल्यान्डमा ४९६ जना नेपाली गुगेका छन् ।

यो अवधिमा मलेसियामा ७८ हजार ८९१, कतारमा १४ हजार ५३९, यूएईमा ११ हजार १८७, कुवेतमा ९ हजार ६८८, साउदीमा ८ हजार ६४२ र साउदीमा १ हजार ९०५ जना नेपाली रोजगारीका लागि पुगेका छन् ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ६६.२ प्रतिशतले बढेर ५७ हजार ८६१ पुगेको छ । श्रम स्वीकृति नवीकरण गर्नेमा नयाँ गन्तब्यमा जानेको संख्या धेरै छैन ।

म्यानपावर व्यवसायीका अनुसार माल्टा, रोमानिया र पोल्याण्ड जस्ता देशले विदेशी लगानी भित्र्याउन विभिन्न नीति लिएपछि त्यहाँ श्रमिकको माग बढेको हो । ती देशमा सस्तो मूल्यका श्रमिकको खोजी ज्यादा छ ।

वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समय मलेसिया र खाडीबाहेकका देशमा वैदेशिक रोजगारीमा जानेहरू बढ्दै गएका छन् । कोरोना महामारीपछि म्यानपावर कम्पनीहरुले अन्य गन्तव्यबाट डिमान्ड ल्याउन थालेका थिए ।

वर्षमा एक सय जना श्रमिक नपठाए अनुमतिपत्र खारेज हुने व्यवस्थाका कारण म्यानपावर कम्पनीहरुले नयाँ गन्तव्य खोज्ने कसरत बढाएका छन् । महामारीकै वर्ष पनि रोमानिया र साइप्रस जाने श्रमिकको संख्या बढेको थियो ।

अझ यस्ता देशमा जाने श्रमिकबाट धेरै रकम असुल्न पाइने भएपछि केही म्यानपावरले त्यताबाट माग ल्याउन जोडबल लगाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu