Connect with us
Kapilvast Forest

अन्तिम न्यायाधीश जनता : अध्यक्ष दाहाल

२०७९, १ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा अन्तिम न्यायाधीश जनता रहेको बताउनुभएको छ।

काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै उहाँले मंसिर ४ गतेको प्रतनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अग्रगमन र प्रतिगमनबीच हुने जनमतसंग्रह जस्तै भएको भन्नुहुँदै यसको फैसला जनताले गर्ने बताउनुभयो।

अध्यक्ष दाहालले भन्नुभयो, “मंसिर ४ गतेको निर्वाचन प्रतिगमनलाई परास्त गर्ने अवसर, आर्थिक विकास र समृद्विको नयाँ युगमा जाने हो। न्यायधीश जनता हो, प्रतिगमन र प्रतिक्रान्तिलाई यो देशमा जनताले ७० वर्ष लडेर ल्याएको उपलब्धिलाई बचाउनुछ।”

उहाँले देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक विकासले गति लिन नसकेका कारण विकास र समृद्वि पहिलो एजेण्डा बनाएर अपिल समेत जारी गरेको बताउनुभयो।

“पहिलो एजेण्डा विकास र समृद्वि हो। तपाईंको समर्थन त्यहाँ हुनेछ। पार्टी गठबन्धनका नेतालाई भोट हाल्दा दुविधा पनि देखियो भन्ने सुनेको छु। नेपालमा १२ बुँदे समझदारी गरेर लोकतन्त्रको नयाँ युगको सुरुवात गरेको हो। देशमा उत्पीडित जाति, वर्ग, समुदायका निम्ति त्यसबेला माधव नेपाल एमालेका नेताका रुपमा हुनुहुन्थ्यो।”

मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन नभएको, यो प्रतिगमनलाई परास्त गर्ने अवसर भएकाले अब फेरि संविधानका लागि राजनीतिक आन्दोलन गर्न नपर्ने उहाँले दाबी पनि गर्नुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu