Connect with us
Kapilvast Forest

रुपन्देहीबाट प्रदेशसभामा जनमत पार्टीका गुप्ता विजयी

२०७९, ७ मंसिर बुधबारमा प्रकाशित

बुटवल-रुपन्देही क्षेत्र नं ५ को प्रदेश सभा क्षेत्र २ मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् । गुप्ताले नेपाली कांग्रेसका फखरुद्दिन खानलाई पराजित गर्दै विजयी भएका हुन् ।

गुप्ताले १२ हजार ९ सय ४१ मत ल्याएर विजयी हुँदा खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन् । गुप्ता सथानीय चुनावअघि एमालेमा थिए ।

एमालेबाट मेयरको टिकट नपाएपछि उनी जनमत पार्टीमा प्रवेश गरी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा उम्मेदवार भएर दोस्रो हुंदै पराजित भएका थिए ।

गुप्तासंग पराजित खान २०७४ को चुनावमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेश सभामा पार्टीको संसदीय दलको प्रमुख सचेतक थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu