कपिलवस्तु-३ को मतगणना सुरु
सनिउल्ला धोवी-
कपिलवस्तुको क्षेत्र न ३ मा मतगणना सुरु भएको छ । प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको मत गणना सुरु भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताउनुभयो ।
पहिलो ४ पेटिका खुलेको जसमध्ये उदयपुर वडा कार्यलय, भलवारि ,धर्माशाला गणेशपुर र कृषि सामाग्री केन्द्र बहादुरगन्ज मत गणन सुरु भएको छ । मतगणना साढे ११ बजे बाट सुरु भएको जनाइएको छ ।
प्रतिनिधि तर्फ सत्त गठबन्धनबात अभिषेक प्रताप शाह, नेकपा एमाले बाट मंगल गुप्ता,जनता प्रगतिशील पार्टी बाट इश्वर दयाल मिश्र, राप्रपा बाट प्रकाश रजौरिया बिचा प्रतिस्पर्धा रहेको जनाइएको छ ।
कपिलवस्तु क्षेत्र नं ३ मा कुल १ सय ४६ मतदान केन्द्र रहेको थियो । मतदान स्थल ७२ स्थल रहेको तोकिएको छ । क्षेत्र नं ३ मा कुल १ लाख १५ हजार ५ सय ४३ मतदाता संख्या रहेको छ । पुरुष ६२ हजार २सय २२ रहेका छन भने महिला ५३ हजार ३ सय २१ रहेका छन ।