कपिलवस्तु क्षेत्र नं २ को २ मा पाण्डेय निर्वाचित
कपिलवस्तु क्षेत्र नं २ को २ प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसले पहिलो जित निकालेको हो । कपिलवस्तु क्षेत्र नम्बर २(ख) बाट नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित भएका छन । उनी ८९१ मतान्तरले निर्वाचित भएका छन । पाण्डेयले १४ हजार १८५ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्म बहादुर लाल श्रीवास्तवले १३ हजार ३९४ मत प्राप्त गरेका छन ।