Connect with us
Kapilvast Forest

ट्र्याक्टरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७९, २९ मंसिर बिहीबारमा प्रकाशित

सर्लाही- ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा बुधबार ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको सोन्मा गाउँपालिका–२ का अन्दाजी वर्ष ३५ का उदयकुमार साहको मृत्यु भएको हो।

ईश्वरपुर नगरपालिका–९ खोरियाटोलस्थित मोहनपुरबाट बयलवासतर्फ आउँदै गरेको ज ११ प ५८६४ नम्बरको मोटरसाइकललाई बयलवासबाट खोरियाटोलतर्फ जाँदै गरेको प्रदेश२–०३–००१ त २४४० नम्बरको ट्र्याक्टरले ठक्कर दिएको हो।

इलाका प्रहरी कार्यालय बयलवास, केशरगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोशन थापाले ट्र्याक्टर चालकलाई इलाका नियन्त्रणमा लिएको जानकारी दिनुभयाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj