Connect with us
Kapilvast Forest

कपिलवस्तुमा ताल छ, तालमा पानी छैन

२०७९, ७ पुष बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी,
कपिलवस्तुको जिवजयनगर गाँउपालिकाका ४ शंकरपुरका गाँउका बर्ष ४० का राधे कार्कीले आफनो खेतमा यस बर्ष गँहु छरेन्न । सिचाई सुविधा नभएकाका कारणले गर्दा राधेले गँहु नछरेको बताए । त्यस्तै शंकरपुलका गोरे थारु पनि आपनो ६ कठ्ठा जग्गा मध्ये ३ कठ्ठा जग्गामा मात्र गँहु छरे । सिचाई सुविधा नभएकाले उनले यस बर्ष काम गँहु छरेको बताए । त्यस्तै देउपुरका रामलाल भरले पनि गएको बर्ष भन्दा यस बर्ष कम क्षेत्रफलमा गँहु छरेका बताए । राधे, गोरे र रामलाल मात्र प्रतिनिधि पात्र मात्र हुन । शंकरपुरमा अहिले अधिकांस किसानहरुले बहुत्तै कम क्षेत्रफलमा मात्र गँहु छरेका छन ।

गत बर्ष किसानहरुले गँहु छर्दा सिचाई सुविधा थियो । किसानहरुले कुनै खेत खाली नछोडी गँहु छर्ने काम गर्थे भने यस बर्ष सिचाईको आभावका कारण गँहु कम क्षेत्रफलमा छरेको बताए । गत भद्रौ १८ गते अविरल वर्षाका कारण कपिलवस्तुको विजयनगरमा रहेको शंकरपुर तालको बाध फुटेपछी किसानहरु यस बर्ष आफनो खेत खाली छोडनु परेको बताउछन । किसानहरु भन्छन “ताल छ तर तालमा पानी छैन कसरी सिचाई गर्ने कसरी खेतीपाती गर्ने ।”


भदौँ १८ गते राती आएको लगातारको वर्षाका कारण ताल फुटेसँगै त्यस क्षेत्रका किसानहरुका खेत समेत बाँझै रहेका छन । तालको बाध फुटिसकेकाले गाउँपालिकाका करिव आधा दर्जन गाउँका स्थानीय किसानहरुलाई सिचाई गर्नका लागि समस्या परेका छन ।
तालको बाध निर्माणका लागि किसानहरुले विजयनगर गाँउपालिकालाई समेत कयौँ पटक आग्रह गर्दा बाधा निर्माणको लागि पालिकाले कुनै पहल नगरेको किसानहरुको गनासो रहेको छ । गाउँपालिका कै पर्यटकीय स्थलमा रुपमा परिचित ताल फुटेसँगै त्यस क्षेत्रको सौन्द्रयता समेत उजाडमय बनेको छ । तालको बाँध बध्न स्थानियले माग गरेका छन ।

तालको बाधँ फुटेसँगै कपिलवस्तुका प्रमुज जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राको नेतृत्वमा भदौँ १८ गते अनुगमन समेत भएको थियो । अनुगमन टोलीमा विजयनगर गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापा समेत सहभागी हुनुभएको थियो । फुटेको तालको बाध्ाँ तत्काल निर्माण गर्ने आसवासन दिएका प्रमुख जिल्ला अधिकारीले तालको बाँधा फुटेको ४ महिना वित्दा समेत कुनै पहल गरेको पाइदैन । प्रमुख जिल्ला अधिकारीले तालको विषयमा गम्भीर भएको बताउनु भएको थियो ।


विजयनगर गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापाले तालको बाध्ाँ फुटेको चिन्ता व्यक्त गर्दै तालको बाध निर्माणका लागि पहल गर्ने भने पनि अझैसम्म कुनै काम भएको पाइदैन । ताल फुटेसँगै विजयनगर गाउँपालिकाका थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडाध्यक्ष लगायत जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली सोही स्थानमा पुगेको थियो । टोलीले सयौँ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिँचाइका कुला, वस्ती कटान भएको बताएको थियो ।

गत मंसिर ४ गते भएको प्रतिनिधी सभा, प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका अधिंकासले ताललाई निर्माण गर्ने पहिलो प्रथमिक्तामा समेत राखेका थिए । मंसिर ४ गते भएको निर्वाचनबाट कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित भएका प्रतिनिधी सभा सदस्य मंगल प्रसाद गुप्ताले तालको बाँध निर्माण तथा मर्मत सम्भार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गुप्ताले तालको बाधँ बाध्नका लागि विभिन्न निकायसंग समन्वय गरी किसानहरुको खेत सिचाई गर्ने प्रतिबद्ध रहेको बताउनुभयो ।

कपिलवस्तु क्षेत्र नं ३ (२) बाट निर्वाचित भएका प्रदेशसभा सदस्य जानकी प्रसाद यादवले तालको ताल रकम विनियोजित भैसकेको भन्दै अब तालको काम हुने बताउनुभयो । शंकरपुर ताल करिव ४० हेक्टर क्षेत्रफलमा फैलिएकाले यस क्षेत्रमा पर्यटकीय विकासको सम्भवान रहेको भन्दै तालको बाँध बध्न चाडैँ पहल गर्ने प्रदेश सभा सदस्य यादवले बताउनुभयो ।


कपिलवस्तुकै सुदूरपश्चिम क्षेत्रमा रहेको शंकरपुर ताललाई व्यवस्थित बनाउन केन्द्र, प्रदेश र स्थानिय सरकार लाग्नु पर्ने समय आएको छ । विगतमा पनि गाउँपालिकाले बजेट विनियोजन गरि संरक्षणका लागि विभिन्न कामहरू गरे पनि पालिकाको बजेट वालुवामा पानी हाले सरह भएको छ ।
शंकरपुर ताल जिल्लाको पश्चिमी क्षेत्रकै सबै भन्दा ठुलो तालको रुपमा परिचित छ । चन्द्रौटा बजारबाट करिव ५ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीको रुपमा रहेको छ । शंकरपुर तालमा शिवगढी मन्दिरमा बस्ने भगवान शंकरले नुहाउने र शिवगढीमा बस्न जाने धार्मिक विश्वास रहेकोले सोही अनुरूप यस तालको नाम नै शंकरपुर ताल रहन गएको कथन रहेको छ ।

शंकरपुर ताल प्राकृतिक सिमसार ताल ।।
स्थानिय पुर्खाहरुको भनाई अनुसार पुस्ता दरपुस्ता देखि नै यो यस्तै तालको रुपमा अवस्थित छ । जैविक विविधता मध्ये शंकरपुर तालमा सवै भन्दा बढि प्रजातिका स्थानिय (रैथाने) माछाहरु पाईएको प्रतिवेदनले देखाएको छ । प्राराम्भीक अध्ययन अनुसार शंकरपुर सिमसार क्षेत्रमा स्थानिय जातका विकासी माछा, चरा, किरा, भ्यागुता, र्सप र कछुवा, विभिन्न २१ जातका स्थानिय जलिय वनस्पती पाइन्थ्यो ।

शंकरपुर तालमा पाईने मुख्य चराहरुमा बकुल्ला, जलेवा, पानीहास पाइने स्थानको रुपमा परिचित छ । यसरी शंकरपुर ताल पर्यटन गन्तव्य क्षेत्र बन्ने प्रचुर सम्भावना छ । स्थानियले जानकारी दिए अनुसार परापुर्वकालमा यस क्षेत्रमा देवीको आश्रय स्थल रहेको थियो रे । देविले देवताहरुलाई जम्मा गरेर ताल खन्न लगाएकि थिईन ।

गर्मी भएकोले नुहाउनका लागी देविको लागी ताल खनिएको थियो । तालमा आसपासका स्थानियबासीहरु माछा मार्न, साँग टिप्न, आउने गर्दथे । धर्मिक आस्थाको रुपमा भएपनि तालको क्षेत्रफल भने मानविय र प्राकृतिक कारणले घटदै गएको छ । तालको क्षेत्रफल अहिले दिनदिनै अतिक्रमण भईरहेको छ भने तालको किनारमा तटबन्ध नगरिदा तालमा माटो भासिदै गएको छ । तालमा पानी नहुदाँ तालको बगर स्थानिय युवाहरुको लागी खेलमैदान र गौचरणमा परिणत भएको छ ।

गाउँपालिका कै पहिचानका रुपमा रहेको ताललाई व्यवस्थित र संरक्षण गर्न सके ताल क्षेत्रमा पर्यटक भित्राउन सकिन्छ । ताल नजिक रहेका बस्ती त्रिपालनगर, ज्योतिनगर र भू.पू. गाउँका नागरिकको जिवीको पार्जन सहज हुनसक्छ ।

नहान र मोहर्रम मेला ।।शंकरपुर तालको पश्चिम किनारामा परापूर्वकालदेखि हिन्दूहरुको नहान मेला लाग्दै आएको छ । साविकको पत्थरदेइया, गुगौली, खुरुहुरीया गाविसको मुख्य मेला लाग्ने स्थलका रूपमा शंकरपुल ताल परिचित छ । नहान मेलामा स्थानीय भक्तजनहरुले सोही तालमा नुहाउने र गौ दान गर्ने गरेको अहिले पनि पाइन्छ ।
त्यस्तै सोही स्थानमा हिन्दु तथा मुसलमानले मनाउने मोहर्रमको मेलासमेत लाग्ने गरेको छ । मोहर्रम मेलामा ताहजिया सेलाउने गरिन्छ । सदीऔंदेखि यहाँका हिन्दू तथा मुसलमानहरुले सो स्थानलाई मेलाको आयोजना गरी संरक्षण गर्दै आएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj