Connect with us
Kapilvast Forest

रोटरीद्धारा क्यान्सर पिडितलाई सहयोग

२०७९, १२ पुष मंगलवारमा प्रकाशित

माधव भाट क्षेत्री-
रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ३ सिउटी निवासी ५० बर्षिय महिला बिस्नु पान्डेलाइ पाठेघरको क्यान्सर उपचार को लागि नगद २१ हजार १ सय ११ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।

अन्तरास्ट्रिय सामाजिक सस्था, स्वार्थ भन्दा माथी सेवा भन्ने मूल्य र मान्यतालाइ आत्मसाथ गर्दै सामाजिक एवम् मानविय कार्य गर्दै आइरहेको रोटरी इन्टरनेस्नलको अभिन्न अङ्गको रुपमा रहेको रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले यस क्षेत्रमा विभिन्न सामाजिक एवं मानवीय कार्य गर्दै आइरहेको छ ।

५० बर्षिय महिलाको उपचारमा केही राहत होस भन्ने हेतुले क्लवमा कृयासिल रोटरीयनहरु बाट उक्त्त रकम संकलन गरियको हो ।

हस्तान्तरण कार्यक्रममा क्लवका अध्यक्ष रो.मोहन बेल्बासे, निबर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक रो. माधब भाट , सस्थापक अध्यक्ष रो.लक्ष्मण अधिकारी सचिव रो. कान्ता गहतराज,सर्जन एट आम्स रो.हेमन्त थापा ,सल्लाहकार रो. कृष्ण प्रसाद भट्टराई ,रो. सीता भाट क्षेत्री लगायतको उपस्थिति रहेको थियो।।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu