Connect with us
Kapilvast Forest

मिटरब्याजी अपराध नियन्त्रण गर्न कानुन संशोधनको सुझाव

२०७९, १९ पुष मंगलवारमा प्रकाशित

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले आज गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी, कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले सो प्रतिवेदन बुझाएको हो ।

कार्यदलले मिटरब्याजबाट पीडितहरूको समस्या समाधान गर्न केही कानुन संशोधन र केही थप गर्नुपर्ने सुझाव दिएको छ । मन्त्रालयमा आज कार्यदलका संयोजक एवम् सहसचिव डा. भीष्मकुमार भुसालले मन्त्री लामिछानेलाई प्रतिवेदन बुझाउनु भएको हो ।

प्रतिवेदनमा यसअघि २०७९ भदौ २७ मा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले दिएको प्रतिवेदनको कार्यान्वयनका लागि भएका प्रयास समेटिएका छन् । यसैगरी, २०७९ असोज १ गते मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिसँग भएको सहमतिमा उल्लिखित विषयहरू कार्यान्वयनका लागि आवश्यक कानुनी संशोधन, नयाँ कानुन निर्माण तथा कार्यविधिगत सुधारको आवश्यकतासमेत औँल्याइएको छ ।

कानुन अभावमा मिटरब्याजबाट पीडित भएकाहरूको समस्या समाधान गर्न जटिल रहेकाले अहिले विद्यमान कानुनअन्तर्गत मुलुकी अपराध संहित, २०७४ मा मिटर ब्याज असुली गरी ठगी गर्न नहुने भन्ने दफा थप गर्न सुझाव दिएको छ ।

त्यस्तै, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ र मुलुकी देवायानी कार्यविधि संहिता, २०७४ मा समेत केही प्रावधान संशोधन गर्न सुझाव दिइएको छ । मिटरब्याज नियन्त्रण र यसको नियमनका लागि लेनदेन व्यवहारलाई नियमित गर्ने कार्यविधि, २०७९ को मस्यौदा पनि कार्यदलको प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

डा. भुसाल नेतृत्वको कार्यदलमा केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका उपसचिव श्रीकृष्ण पौडेल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता श्यामप्रसाद दाहाल, अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा र सिआईवीका प्रहरी नायब उपरीक्षक रोशन खड्का सदस्य छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu