Connect with us
Kapilvast Forest

कपिलवस्तुका सामुदायिक र धर्मिक विद्यालयमा जाडो विदाँ

२०७९, २० पुष बुधबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु

शित लहर सगैँ अत्यधिक जाडो बढेपछि कपिलवस्तुका सामुदायिक र धर्मिक विद्यालयमा जाडो विदाँ दिइएको छ । जाडो बढेपछि कपिलवस्तुका पालिकाहरुले विदाँको सुचना प्रकाशित गरेका छन ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका र महाराजगंज नगरपालिका, मायादेवी गाँउपालिका, यशोधरा गाँउपालिका, विजयनगर गाँउपालिकाले विदाँको सुचना प्रकाशित गरेको छ ।
शिवराज नगरपालिकाले १४ दिनका लागि सबै विद्यालयमा विदा दिएको छ ।
शिवराज नगरपालिकाको विपद व्यवस्थापन समितिको आज बसेको बसेको बैठकले नगर भित्रका सबै सामुदायिक तथा धर्मिक विद्यालय पुस २४ गतेदेखि माघ ८ गतेसम्म तीनदिन जाडो विदा दिने निर्णय गरेको हो ।

शिवराज नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत पुर्ण विश्वकर्माले बुधबार एक सूचना जारी गर्दै विदाको जानकारी गराएका हुन् । उहाँका अनुसार १४ दिनको जाडो विदा शैक्षिक विद्यालयले पाउने ४५ दिन बार्षिक विदा अनुसार जाडो विदा दिएको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा ८ दिन, महाराजगंज नगरपालिकामा १२ दिन, मायादेवी गाँउपालिकामा ८ दिन, यशोधरा गाँउपालिकामा ८ दिन, विजयनगर गाँउपालिकामा ७ दिन, शुद्धोधन गाँउपालिका ९ दिन विदाँको सुचना प्रकाशित गरिएको छ ।

जिल्लाको बुद्धभुमी नगरपालिका, बाणगंगा नगरपालिका र कृष्णनगर नगरपालिकाले जाडो विदाको सुचना अझैसम्म निकालेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu