Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक बिदा

२०७९, २९ पुष शुक्रबारमा प्रकाशित

लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ। यही माघ २ गते राप्ती उपत्यकास्थित मुख्यमन्त्री निवास परिसरमा माघी महोत्सव मनाउने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

यसअघिका प्रदेश सरकारहरूले घोषणा गरेअनुसार वर्तमान सरकारले पनि माघी महोत्सव मनाउने निर्णय गर्दै माघ २ गते सार्वजनिक बिदा समेत दिएको छ।

शुक्रबार मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकमा माघे संक्रान्ती/माघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रमलाई विशेष र व्यवस्थित बनाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई जिम्मेवारी समेत दिइएको छ।

प्रदेश सरकारका मन्त्रीहरू चेतनारायण आचार्य र कृष्णा केसी समेत सहभागी रहेको उक्त बैठकमा माघी महोत्सवका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, उत्कृष्ट झाँकीहरूलाई पुरस्कृत समेत गरिने आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए।

सचिव धमलाका अनुसार माघी महोत्सवका अवसरमा स्थानीय तहसँगको समन्वयमा २ वटा थारु झाँकी, २ वटा मगर झाँकी र १/१ वटा गुरूङ र नेवार झाँकी समेत प्रदर्शन गरिनेप्रति झाँकी २० हजार रुपैयाँ यातायात खर्चबापत उपलब्ध गराउने निर्णय भएको छ।

Esewanic
बैठकमा प्रदेशका प्रमुख सचिव डा.दिपक काफ्ले तथा विभिन्न मन्त्रालयका सचिवहरूले मातहतका मन्त्रालयको अवस्थाका बारेमा मुख्यमन्त्री गिरीलाई जानकारी गराएका थिए।

मुख्यमन्त्री गिरीले मन्त्रालय र मातहतका कार्यालयहरूबाट हुने सेवाप्रवाहलाई चुस्त, दुरूस्त र पारदर्शी बनाउन सचिवहरूलाई निर्देशन दिए।

यस्तै, प्रदेश सरकारले माघ गते योग दिवस र २ गते भूकम्प सुरक्षा दिवस समेत मनाउने निर्णय गरेको छ।

माघ १ गते वैकल्पिक चिकित्सा लगायतको प्रवर्द्धनका लागि योग दिवस र माघ २ गते भूकम्प सुरक्षा दिवस समेत मनाउने गरी तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu