Connect with us
Kapilvast Forest

वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिँदै

२०७९, ४ माघ बुधबारमा प्रकाशित

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो ।

लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माका अनुसार पुनको कलेजोले ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ, त्यसैले कलेजो प्रत्यारोपण नै गर्नुपर्छ ।

‘अहिले उहाँको कलेजोमा समस्या देखिएको छ । जसले गर्दा पित्तको मात्रा बढ्ने गरेको छ’, डा. शर्माले अनलाइनखबरसँग भने, ‘अबको थप उपचार कलेजो प्रत्यारोपणमै जानुपर्ने हुन्छ ।’

डा. शर्माका अनुसार पुनको दुई महिनादेखि पेटमा पानी जम्ने समस्या देखिएको छ । सुमेरु सिटी अस्पतालमा ल्याइएपछि पुनको पेटबाट साढे २ लिटर पानी निकालिएको थियो । ‘८० प्रतिशत कलेजोले काम गर्न अल्छिपन ल्याएको अवस्थामा पेटमा पानी देखा पर्छ’, शर्माले भने, ‘केही हप्ता वा महिनामा कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिन्छ ।’

अस्पतालमा पुनलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेता पुगिसकेका छन् । अस्पतालले कलेजो प्रत्यारोपणका विषयमा पुनको परिवारका सदस्य र माओवादी केन्द्रको शीर्ष नेतृत्वसँग छलफल गरिसकेको छ । प्रत्यारोपण कहाँ गर्ने भन्ने बिषयमा छलफल भइरहेको डा. शर्मा जानकारी दिए ।

पुन यसभन्दा अगाडि चीनमा आफ्नो स्वास्थ्य उपचार गराइरहेका थिए । हाल नेपालमा पनि कलेजो प्रत्यारोपण सम्भव छ । ‘मेडिकल टिमको सपोर्ट नेपाल र विदेशमा खासै फरक हुँदैन । तर, उहाँले चीनमा निरन्तर स्वास्थ्य परीक्षण गरिररहेकाले प्रत्यारोपण कहाँ गर्ने भन्ने कुराको छलफल भइरहेको छ,’ डा. शर्माले भने ।

डा. शर्माको अनुसार पुनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ‘रोल्पाबाट आएपछि हामीले पेटबाट पानी पनि निकालेका थियौं । थप र के–के गर्नु पर्ने हो, गरिरहेको छौ । अहिले उहाँ कम्फर्टेबल हुनुहुन्छ’ उनले भने ।

शर्माका अनुसार पुनलाई विश्वमा बिरलै देखिने जटिल प्रकृतिको वंशाणुतग रूपमा रहेको जण्डिस देखिएको छ । ‘उहाँको जण्डिसको लेबल बेला–बेलामा उच्च हुने गरेको छ । जण्डिसको लेबल उच्च भएका कारण इन्फेक्सन भई शरीरका विभिन्न अंगमा असर देखिएको हो’, शर्मा भन्छन्, ‘काममा बढी खट्ने, तनाव बढी लिने र इन्फेक्सन हुँदा जण्डिसलाई बढी बढावा दिएको हो ।’

उनलाई पुनः केही समय अघिदेखि खाना रुची नहुने, पेट फुल्ने हुने समस्या देखिन थालेको थियो । केही औषधिले सेवनले सञ्चो पनि हुन्थ्यो ।

कलेजो आफै विकसित हुने अंग भएकाले यसको प्रत्यारोपण गरेको तीन महिनादेखि नै बिरामीको पेटमा आफैं विकसित हुन्छ र करिव छ महिनामा झण्डै ९० प्रतिशत विकास भइसक्छ । यसले गर्दा कलेजो प्रत्यारोपण गरिएको बिरामीले पुनः पहिलेजस्तै सहज जीवन जीउन सक्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu