Connect with us
Kapilvast Forest

देशका अधिकांश स्थानमा माैसम बदली

२०७९, ५ माघ बिहीबारमा प्रकाशित

काठमाडौं- देशका धेरै ठाउँमा आज बिहानैदेखि मौसम आंशिक बदली भएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशसहित अन्य धेरै ठाउँहरुको मौसममा बदली भएको जल तथा मौसम विज्ञान विभागकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयाे ।

आज र भोलि सूदुरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको अनुमान गरिएको छ। बागमती,गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागहरुमा पनि हल्का हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको विभागले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu