Connect with us
Kapilvast Forest

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

२०७९, ५ माघ बिहीबारमा प्रकाशित

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु भएकाे छ । प्रदेशसभामा ५७ जनाले विश्वासको मतको पक्षमा मत व्यक्त गरेपछि मुख्यमन्त्री गिरीले विश्वासका मत प्राप्त गर्नुभएकाे हाे ।
प्रदेशसभाका सभामुख तुलाराम घर्तीले निर्णायार्थ प्रस्तुत गर्दा ५७ जनाले हुन्छ भन्ने पक्षमा र २८ जनाले हुन्न भन्ने पक्षमा मतदान गरेका थिए । हुन्छ भन्ने पक्षको बहुमत पुगेपछि घर्तिले विश्वासको मत प्राप्त भएको घोषणा गरिएकाे हाे । बैठकमा एकजना सभासद अनुपस्थित रहेका थिए । प्रदेशमा ८७ जना सभासद छन् । विश्वासको मतका लागि ४४ मत आवश्यक पर्नेमा गिरीले ५७ जनको समर्थन प्राप्त गरेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu