Connect with us
Kapilvast Forest

प्रदेश १ प्रदेशसभाको बैठक माघ २० पछि मात्रै बस्ने

२०७९, ९ माघ सोमबारमा प्रकाशित

विराटनगर- प्रदेश १ को प्रदेशसभाले नयाँ सरकार दिनुको साथै सभामुख र उपसभामुखको निर्वाचन भइसकेको छ । सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र उपसभामुखमा उदयपुरकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । उपसभामुख निर्वाचन सम्पन्न भएसँगै अर्को सूचना जारी भएसम्मका लागि स्थगित भएको प्रदेशसभा कहिले बस्ने भन्ने कुनै टुङ्गो छैन ।

प्रदेशसभाले अझै विषयगत समितिको टुङ्गो लगाउनु पर्नेछ । जनसरोकारका विषयहरूमा पनि सांसदहरूले सरकारलाई कुरा सुनाउने थलो भएको कारण नयाँ संसद् धेरै दिनसम्म नचलाउनु राम्रो सन्देश होइन ।

प्रदेशसभाका सभामुख बाबुराम गौतमले माघ २० यता प्रदेशसभाको बैठक आव्हान .हुने सम्भावना कम रहेको बताए । ‘माघ २० यता बैठक बस्ने सम्भावना छैन, नयाँ सरकार छ संसद्लाई बिजनेस दिनका लागि पनि सरकारले केही तयारी गर्नुपर्‍यो नि,’ काठमाडौँमा रहेका उनले भने यो विषयमा सरकार र दलहरूसँग छलफल भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu