Connect with us
Kapilvast Forest

२५ वर्ष पुरानो जहाज बेचेर एटीआर खरिद गर्दै बुद्ध एयर

२०७९, ९ माघ सोमबारमा प्रकाशित

काठमाडौँ- नेपालकै ठूलो निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो पुरानो जहाज बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो हवाई सेवाको शुरुवाती जहाज १९ सिट क्षमताका दुईवटा बिचक्रफ्ट जहाज बेच्न लागेको हो । कम्पनीका अनुसार क्यानडाको स्काइलिंक कम्पनीले उक्त जहाज खरिद गर्न लागेको हो ।

बुद्ध एयरले आफ्नो स्थापनाकाल सन् १९९७ मा ‘नाइन एन (एईई र सन् १९९८ मा ’नाइन एन एईडब्लूु दुईवटा जहाज खरिद गरेको थियो । २५ वर्षअघि प्रतिएयरक्राफ्ट ४.५ मिलियन अमेरिकी डलरमा खरिद गरिएको उक्त जहाज क्यानडियन कम्पनीलाई बिक्री गर्न लागिएको बुद्ध एयरका प्रवन्धनिर्देशक वीरेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

पुरानो जहाजको मर्मत खर्च तथा व्यवस्थापनमा समस्या भएपछि कम्पनीले आफ्नो पुरानो जहाज बेच्न लागेको हो । यद्यपि, पुरानो जहाज भएपनि उचित मेन्टेनेन्सपछि जहाजले काम गर्ने हुदा क्यानडियन कम्पनीले खरिद गर्न लागेको बुद्ध एयरको भनाइ छ ।

योसँगै कम्पनीले तीनवटा नयाँ एटीआर जहाज तत्काल थप्ने तयारी गरेको छ । हाल बुद्ध एयरसँग ७२ सिट क्षमताका ११ वटा एटीआर–७२ ५०० एयरक्राफ्टसँगै ३ वटा एटीआर–४२ जहाज रहेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu