Connect with us
Kapilvast Forest

हङकङमा जोखिमपूर्ण अवतरण गरेपछि तीन नेपाली पाइलटलाई कारबाही सिफारिस

२०७९, ९ माघ सोमबारमा प्रकाशित

नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ। गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोल (एटिसी)को निर्देशन नमानेपछि नागरिक उड्डयन प्राधिकरणले तीन पाइलटलाई कारबाही गर्न एयरलाइन्सलाई सिफारिस गरेको हो।

हङकङ विमानस्थल एटिसीको निर्देशन नमानेर जोखिमपूर्ण अवतरण गरेको भन्दै पाइलटलाई कारबाही गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । पाइलटहरू नरबहादुर विश्वकर्मा राजेश कुशवाह र उद्धव घिमिरेलाई कारबाही गरिएकाे हाे।

हङकङ विमानस्थल एटिसीको निर्देशन नमानेकाले त्यहाँको सिभिल एभिएसनले हामीलाई खबर गर्‍यो उनले भने यसै आधारमा प्राधिकरणले तीन पाइलटलाई निलम्वन गर्न निगमलाई निर्देशन दिएका छौं।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu