Connect with us
Kapilvast Forest

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो काम – स्वास्थ्यमन्त्री गिरी

२०७९, १० माघ मंगलवारमा प्रकाशित

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताउनुभएको छ । मङ्गलबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य मन्त्री गिरीले यस्तो बताउनुभएको हो । उहाँले तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने प्रमुख लक्ष्य र सङ्कल्प रहेको बबताए ।

पुरानो संरचना भत्काउँदै छौँ । नयाँ संरचना बन्दैछ । यही स्थान ३०० बेडको अस्पताल स्थापना गर्छौँ । यो खुसीको कुरा हो । तीन सय बेड पनि पर्याप्त होइन पाँच सय बेडको बनाउनुपर्छ । पछिल्ला दिनमा हामी थप्दै जानेछौँ । यो बीचमा यो अस्पतालले उपयुक्त स्थानमा सम्पूर्ण उपचार गर्नेगरी अस्थायी रूपमा भएपनि उपचारको व्यवस्था गर्नुपर्छ ।

उहाँले भन्नुभयो मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ । हामी सबैको एउटै सङ्कल्प छ त्यो भनेको तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने हो स्वास्थ्यका प्रणालीहरू कसरी चुस्त, दुरुस्त बनाउने भन्ने हो ।

मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरू चुस्त, दुरुस्त बनाइ स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरूलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको धारणा व्यक्त गर्नुभयो ।उहाँले स्वास्थ्य सेवालाई चुस्त बनाउनका लागि मन्त्रालय आवश्यक काम गर्न तयार रहेको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu