Connect with us
Kapilvast Forest

राष्ट्रपतिमा कांग्रेसको दाबी

२०७९, १० माघ मंगलवारमा प्रकाशित

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेसका केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीको सोमबारको बैठकले राष्ट्रपति पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने र आफ्नो उम्मेदवारको पक्षमा सहमति जुटाउन पहल गर्ने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट प्रधानमन्त्री र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट सभामुख निर्वाचित भइसकेकाले राष्ट्रिय सहमति कायम गरी राष्ट्रपति पद कांग्रेसले लिनुपर्ने निर्णय गरेको हो ।

बैठकपछि सहमहामन्त्री किशोरसिंह राठौरले भन्नुभयो संविधान र लोकतन्त्रको रक्षार्थ नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गर्न संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग छलफल गरेर सहमति कायम गर्ने निर्णय भएको छ ।

उहाँले राजनीतिक जटिलतालाई पार लगाउन पार्टी एकढिक्का बनाएर जाने निर्णय भएको बताउनुभयो । साथै संसद्मा प्रमुख प्रतिपक्षी दलको दाबी गर्ने निर्णय पनि कांग्रेस पदाधिकारी बैठकले गरेको छ ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने निष्कर्ष बैठकले निकालेको बताउनुभयो । उहाँले राष्ट्रपति चयनका लागि हुने निर्वाचन आगामी फागुन २९ गतेभन्दा पर सार्न नहुने बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu