Connect with us
Kapilvast Forest

रिफर गरेकी बाजुराकी २६ बर्षिय गर्भवती महिलाको बसमा लिदै गर्दा बाटो मृत्यु

२०७९, १० माघ मंगलवारमा प्रकाशित

बाजुरा–बाजुराको बडिमालिका नगरपालिका १ पिनालेख बस्ने रमेश बिककी २६ बर्षिय श्रीमति जानकी विक लुवारको सुत्केरी हुन नसकि सोमबार राति बाटोमा मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराले रिफर गरेकी जानकीलाई बसमा महेन्द्रनगर लिदै गर्दा अछामको बाटोमा मृत्यु भएको श्रीमान रमेशले वताए ।

दोस्रो पटक गर्भवती भएकी जानकीलाइ अस्पताल बाजुराले रिफर गरेपछि बसमा महेन्द्रनगर लगेका थिए । अछाम र डोटि सिमाना चौखुट्टे पुगेपछि जानकीलाइ अफ्ठयारो भएको थियो । बस चालकले बसमा अफ्ठ्यारो भएको र गर्भवती महिलाको ज्यान जोखिम भएको भन्दै जिप मार्फत अछामको बयलपाटा अस्पताल जान जानकारी गर्नुभएको थियो।

जिपमा बयलपाटा अस्पताल लिदै गर्दा जानकीको बाटोमा मृत्यु भएको हो । बयलपाटा अस्पतालमा कार्यरत अहेब भवानी ढुङ्गानाले गर्भवती महिलाको बाटोमै मृत्यु भइसकेको र अस्पतालमा मृत्यु भएको शव मात्र पुयाएको उनले बताउनु भयो ।

बच्चाको पनि पेटमै मृत्यु भइसकेको उनले वताए । बयलपाटा अस्पतालका एक चिकित्सकका अनुसार समयमै गर्भवती आमाको उद्धार भएको भए अकालमै ज्यान गुमाउनु नपर्ने वताए ।

माघ ४ गते आफन्तले जानकीलाइ अस्पताल बाजुरामा चेकजाँच गर्न ल्याएका थिए । अस्पताल बाजुराले औषधि दिएर घर पठाएको थियो । जानकीलाइ सुत्केरी व्यथाले च्यापेपछि माघ ८ गते आइतवार अस्पताल ल्याएका थिए । अस्पताल बाजुराले जानकी मुटु रोगि भएकाले सुबिधा सम्पन्न अस्पताल लग्न रिफर गरेको थियो ।

आर्थिक अबस्था निकै कमजोर रहेका जानकी परिवारले सोमवार मात्र बस मार्फत महेन्द्रनगर लिएका थिए । एम्बुलेन्समा लिन पैसा नभएपछि बसमा टिकट काटेर महेन्द्रनगर हुदै दिल्ली लिने योजना थियो तर बाटोमै श्रीमतीको मृत्यु भएको रमेश विकले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu