Connect with us
Kapilvast Forest

सत्यको बाटोमा हिँड्नुस चलाखीको बाटो होइन :अध्यक्ष ओली

२०७९, १२ माघ बिहीबारमा प्रकाशित

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्ता तथा नेतालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिएका छन् । उनले भने कार्यकर्ता नमूना हुनुपर्छ र आदर्श हुनुपर्छ अनि मात्र जनताले पत्याउँछ ।

चलाखीले व्यक्तिगत चाहना पुरा गर्ने होइन निष्ठाले देशको सेवा गनुपर्छ । एमालेको स्कूल विभागले आज आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जो मान्छेले चलाखीले व्यक्तिगत लाभ लिन्छ त्यो राजनीतिमा सफल नहुने धारणा राखे । उनले त्यस्ता मान्छेलाई समाजले नसम्झिने धारणा राखे ।

एमालेपन भनेको अनुशासन ढंगले अगाडि बढ्नु हो कहीं कतै अनुशासन उल्लघंन भएको भए त्यो व्यक्तिगत कुरा हो त्यसको जिम्मेवारी त्यो व्यक्ति नै हो यदि पार्टीलाई जोडेर संस्थागत भ्रष्टाचार गरिएमा त्यसलाई पार्टीले कारवाही गर्छ अध्यक्ष ओलीले भने ।

समाजले स्वीकार नगरेका कामहरु गर्दा मान्छे समाप्त हुने उनले बताए । ओलीले भने संविधान र कानुनले निषेध गरेका कामहरु गर्दा मान्छे समाप्त हुन्छ सत्यसँग नलड्नुस् शक्तिसँग नझुक्नुस् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu