Connect with us
Kapilvast Forest

सिमभन्ज्याङमा बन्दै छन् सात ताल

२०७९, १३ माघ शुक्रबारमा प्रकाशित

हेटौँडा- बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरमार्फत मकवानपुरको सिमभन्ज्याङमा सातवटा ताल निर्माणाधीन रहेका छन्। मकवानपुर जिल्लाको सबैभन्दा उचाइमा रहेको सिमभन्ज्याङ बजारनजिकै प्रदेश सरकारको ७२ लाख ६९ हजार रुपियाँ लागतमा पहिलो चरणमा एउटा ताल निर्माण हुनेछ।

थाहा नगरपालिका–४ स्थित सिमभन्ज्याङमा निर्माण हुने तालको तल्लो आधार हात्तीपाइले निर्माणलगायतका काम सम्पन्न भएको छ। पानी जम्मा गरी ताल बनाउन प्रस्तावित तालमा हात्तीपाइलेबाहेकको तीन मिटर उचाइको बाँध निर्माण गरिनेछ। पक्की बाँध निर्माणपछि करिब सय मिटर लम्बाइभन्दा बढी क्षेत्रफलको तालमा पानी सङ्कलन हुनेछ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरका अनुसार निर्माणाधीन तालको माथि थप पाँचवटा र तल एउटा ताल बनाउने योजना रहेको छ। डिभिजन कार्यालयका सबइन्जिनियर रञ्जित श्रेष्ठले योजनाको करिब ६५ प्रतिशत काम सकिएको जानकारी दिँदै सिमभन्ज्याङ क्षेत्रमा हाल अधिक चिसोका कारण निर्माण रोकिएको बताउनुभयो।

स्थानीय करुणाभूमि सामुदायिक वनको पहलमा वातावरणमैत्री र पर्यटक आकर्षित गर्ने उद्देश्यले ताल निर्माण प्रयास सुरु भएको हो। सामुदायिक वन समितिका अध्यक्ष विनोद लामाले १० वर्ष अघिबाट गरिएको प्रयास र पहलले सार्थकता पाउन लागेको बताउँदै पहिले तारजाली र ढुङ्गामाटोको बाँध निर्माण गर्दा स्थायी नभएका कारण पक्की पर्खाल निर्माण गर्न लागेको बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu