Connect with us
Kapilvast Forest

सञ्चार क्षेत्रमा राम्रा काम गर्छु: सञ्चारमन्त्री शर्मा

२०७९, १३ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार सञ्चारकर्मी पत्रकारसँग मिलेर काम गर्न र यस क्षेत्रको समस्या समाधानका लागि दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । मन्त्री शर्माले सञ्चार क्षेत्रमा केही राम्रा काम गर्नुपर्छ भन्ने लागेको उल्लेख गर्नुभयो ।

शुक्रबार यहाँस्थित प्रेस सेन्टर नेपालद्वारा माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा मुत्यु हुनुभएका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेल र पोखरा महानगरपालिका सदस्य अनिल शाहीको १३ औँ पुण्य तिथिमा आयोजित शाेक सभामा उहाँले साे धारणा राख्नुभएकाे हाे ।

कार्यक्रममा बोल्दै मन्त्री शर्माले पत्रकार पौडेल सबैको प्रिय र सार्वजनिक व्यक्तित्व भएकाले उहाँको सकारात्मक पक्षलाई अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सरकार सञ्चार जगत र सञ्चारकर्मीको हितका खातिर लागिपरेको उल्लेख गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu