आङ सान सू ची पनि नेपाल आउने
काठमाडौं । सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सू चीको नेपाल भ्रमण तयारी सुरू गरेको छ।
सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सू चीको नेपाल भ्रमण तयारी सुरू गरेको हो।
राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सू चीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले तयारी सुरू गरेको हो।
सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ म्यानम्यारका स्टेट काउन्सिलर सू चीले नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि नेपाल आउने चाहना राष्ट्रपति समक्ष व्यक्त गरेको बताए।