कार्यलाय समयमै मस्त निद्रामा
कपिलवस्तु- जिल्लाको एक सरकारी कार्यालयमा पदीय गरिमाको कुनै ख्याल नगरी कार्यकक्षमा दिउँसै सुत्ने गरेको पाइएको छ । तस्विरमा यसरी सुतिरहेको देखिन्छ कि मानौँ शयन कक्षमा नुहाइरहेका छन् ।
यस्ता हाकिम हुन् सडक पुर्वाधार विकास कार्यालय कपिलवस्तु कार्यालय प्रमुख हरि प्रसाद पौडेल । आईतावार दिउसो २ बजेतिर त्यही कार्यालयमा कार्यरत एक कर्मचारी सेवा लिनको लागि जाँदा उनी कार्यकक्षमा अशोभनीय तरिकाले सुतिरहेको अवस्थामा । उनको सुताईमा कुनै मर्यादा भेटिन्न । ढाका टोपी लगाएका उनी कार्यकक्षमा लाइट बालेर, जुत्तामै उपरखुट्टी लगाएर मस्तसंग सोफामा सुतिरहेको अवस्थामा देखिन्छन् । कार्यकक्षमा उनको कतिसम्म बदमासी र चलाखी भेटिन्छ भने नेमप्लेटमा बाहिर गराएर उनी भित्र सुतिरहेका छन् ।

सुतेको तस्बिर खिच्दा पनि नउठेपछि ढोका खोल्दा ती कर्मचारी बल्ल बिउँझिएको ती कर्मचारीले बताए । सेवा लिन जाँदा पनि यी हाकिमले सर्वसाधारणलाई अटेर गर्ने, कार्यकक्षमा नभेटिने, फोन समेत रिसिभ नगर्ने लगायतका कामह? गरेको जनगुनासो थियो । आइतबार उनी यस्तो अवस्थामा भेटिएपछि उनी कामचोर र अल्छी हाकिम रहेछन् भन्ने पुष्टि हुन्छ ।
हाकिमको यस्तो अवस्थाबारे नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले फेसबुकमै लेखेका छन् । त्यसपछि उनको चौतर्फी आलोचना भइरहेको छ । आफूले पनि काम नगर्ने अनि कार्यालयका अरु कर्मचारीमाथि पनि अनावश्यक हप्कीदप्की गर्ने उनको चरित्र रहेको बताइन्छ । उसो त सरकारी काम कहिले जाला घाम भन्ने उखान नै छ । यस्ता कर्मचारीले गर्दा नै यो उखानलाई चरितार्थ गर्ने सरोकारवाला बताउँछन् ।