Connect with us
Kapilvast Forest

शिवराज कृषि सहकारीको चोथौ साधरण सभा

२०७६, ४ कार्तिक सोमबारमा प्रकाशित

  • नवराज पौडेल कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुर मा रहेको शिवराज कृषि सहकारी संस्था लिमिटेडको चोथौ साधरण सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै कार्यक्रम का प्रमुख अतिथी शिवराज नगरपालिकाका कृषि अधिकृत तारा चन्द चौधरीले शिवराज नगरपालिकालाई सहकारी माध्यमबाट तरकारी खेती क्षेत्रका रुपमा घोषण गर्नका लागी पहल गरेको बताउनु भएको छ ।

कृषि सहकारी मार्फत नै काम गर्दा वास्तविक किसान राहत पाउने र आफुलाई हुने बताउंदै शेयर सदस्यहरुको पुंजी बढी हुने बताउनु भयो । किसानहरुको सहजताको लागी केही दिन मा कृषि कार्यक्रमहरुको बारेमा सुचना प्रकाशित गर्ने समेत जानकारी दिनुभयो ।

सहकारी संस्था गाउं गाउंमा हुनुपर्नेमा जोड दिंदै वित्तिय संस्थाले ठाउ ओगटेको बताउदै वास्तविक किसान राहत पाउनबाट वञ्चित पाईएकाले यसको लागी प्रदेश मा आफुले पहल गरेको राष्ट्रिय जनमोर्चा प्रदेश नंम्वर ५ की सांसद तारा जि.सीले बताउनु भएको छ ।

यस्तै शिवराज नगर पालिका ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले यस सहकारीले प्राय गरिव कृषकलाई समेटेको भन्दै सहकारीको खुलेरै प्रशंसा गर्नु भएको छ ।

सापकोटाले विभिन्न सिप मुलक, आय मुलक तालिमका प्रपोजल वडामा पेश गर्न अनुरोध गर्नु भएको छ । संस्थाले विगत केही वर्ष देखी नै विउ विजन,मलखाद्य विक्री तथा आइ एमई संचालन गरेकाले वडा बासी नागरिक लाई सहज भएको बताउनु भयो ।

सभामा सहकारी अन्र्तगत तरकारी खेतीमा उत्कृष्ट कार्य गर्ने संस्थाका सेयर सदस्य श्याम मोहन केवट, र वडा नं ३ मा खेलकुद तर्फ उत्कृष्ट सविना बुढा मगर ,सागर बुढा मगर लाई सम्मान गरिएको छ ।संस्थाका अध्यक्ष केयर सिंह अदैले बार्षिक प्रतिवेदन र कोषअध्यक्ष रजनी अदैले वार्षिक आय व्याय प्रस्तुत गर्नु भएको थियो ।

यस आ.व मा ५१ लाख ४५ हजार ५२५ को कारोबार गरेको र आगामी आर्थिक वर्ष मा ५६ लाख ७५ हजार बराबरको कारबार गर्ने अदैले बताउनु भयो ।

सभामा संस्थाका अध्यक्ष केयर सिंह अदैको अध्यक्षता, शिवराज नगरपालिका का कृषि अधिकृत तारा चन्द चौधरीको प्रमुख आतिथ्यता, राष्ट्रिय जनमोर्चा प्रदेश नंम्वर ५ की सांसद तारा जि.सी को विशिष्ट आतिथ्यता , शिवराज नगर पालिका ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, समयथान बहुमुखी क्याम्पस प्रमुख नामदेव खनाल,विगुल वचत तथा ऋण सहकारी संस्थाका व्यावस्थापक ज्ञान बहादुर जि.सी, स्र्वगद्धारी आश्रम खरेन्द्रपुका प्राचाय,गोकुल प्रसाद सुवेदी लगाएत को आतिथ्यता १५५ जना शेयर सदस्यको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपाध्यक्ष बेलौता वि.क को स्वागत मन्तव्य र सचिव नारायण खनालको संचालनमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu