Connect with us
Kapilvast Forest

गृहमन्त्रीबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई

२०७९, १७ माघ मंगलवारमा प्रकाशित

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्रीबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीसँग भएको बताउनुभएको छ। पार्टी पदाधिकारीहरूको बैठकपछि सोमबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सो विषयले बैठकमा प्रवेश नै नपाएको जानकारी दिँदै उहाँले भन्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गृहमन्त्रीका बारेमा निर्णय गर्ने भएकोले यो विषयले पार्टीभित्र प्रवेश गरेन।सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पद गुमाउनुभएको थियो। सो पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले आवश्यक निर्णय गर्नुभएको छैन हाल आफ्नै मातहतमा राख्नुभएको छ।

बैठक स्थगित

माओवादी केन्द्रले स्थायी समितिको बैठक दुई दिनका लागि स्थगित गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठक माघ १८ गते बोलाउने निर्णय गरिएको छ। माओवादी केन्द्रका उपाध्यक्ष महराले पार्टीको सङ्गठनसम्बन्धी थप गृहकार्य गर्न मङ्गलबार पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सिका लागि सार्ने निर्णय गरिएको जानकारी दिनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu