Connect with us
Kapilvast Forest

प्रसूति गृहमा सुत्केरीलाई हातमै भत्ता

२०७९, १८ माघ बुधबारमा प्रकाशित

हुम्ला- माघ १८ गते । सरकारद्वारा प्रदान गरिदै आएको सुत्केरी महिलालाई दिने भत्ता प्रसुती गृहमा सुत्केरी भएर घर फर्कने बेला हातहातमा दिन थालिएको छ ।
सुत्केरी महिलाले पोषणयुक्त खानेकुराको ब्यवस्था गर्न सहज होस भन्नका लागि पहिलो पटक सुत्केरी भएकै दिन उक्त भत्ता दिन थालिएको हो ।

खार्पुनाथ गाउँपालिा–३ को रायाँ गाउँकी लालमति टमटाले पहिलो पटक स्वास्थ्य चौकीको प्रसुती गृहमा सुत्केरी भएपछि पाउने सुबिधा तत्काल पाएको बताउनुुभयो । तीन वर्ष अघि उहाँले पहिलो सन्तान जन्माउदा सुत्केरी भएको एक वर्षपछि उक्त भत्ता पाउनु भएको थियो ।

उहाँले यस पटक भने सुत्केरी भएकै दिन पाउने तीन हजार र गर्भजाँच गरे बापत पाउने आठ सय गरि तीन हजार आठ सय रुपियाँ प्रसुती गृहको बेडमै पाएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj