सेभेन थ्रीले बक्यौता नपठाए क्यानले कानूनी कारबाही सुरु गर्ने
काठमाडौं- नेपाल टी–२० लिगका लागि व्यापारिक र रणनीतिक साझेदारी सम्झौता एकतर्फी रद्ध गर्ने विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसविरुद्ध नेपाल क्रिकेट संघ क्यानले कानूनी प्रक्रिया सुरु गर्ने योजना बनाएको छ ।
मंगलबार क्यान र राष्ट्रिय खेलकुद परिषद राखेपलाई चिठ्ठी पठाएर सेभेन थ्रीले सम्झौता रद्ध गरेको जनाएको थियो । हामीलाई मुद्धा हाल्छु भनेर धम्क्याउने प्रयास गरेको छ । क्यानलाई बाँकी रकम नदिनका लागि उसले यो नौटंकी गरेको हो क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहले अनलाइनखबरसँग भने ।