Connect with us
Kapilvast Forest

सहकारीका बचतकर्ताको रकम जोखिममा

२०७९, २१ माघ शनिबारमा प्रकाशित

बुटवल- रुपन्देहीका केही सहकारी संस्था सङ्कटमा रहेको पाइएको छ । बुटवलमा रहेको शिवशिखर, सुप्रिम र आगन्तुक सहकारीका बचतकर्ताले रकम निकाल्न नपाएको गुनासो सार्वजनिक भएपछि सहकारीहरू सङ्कटमा रहेको पाइएको हो ।

लुम्बिनी प्रदेश सहकारी विकास बोर्डको उपाध्याक्ष टीकाराम पोखरेलले प्रदेशमा सञ्चालनमा रहेका केही सहकारी संस्थामा समस्या देखिएकाले सरकारले कानुुनी प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

रिपोर्टर्स क्लब लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले सहकारीको मर्मभन्दा बाहिर बचतकर्ताको रकममा सञ्चालकले चलखेल गर्दा यस्तो समस्या देखिएको जनाए ।

उहाँले बर्दियाको नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाले आफूखुसी लगानी गर्दा समस्या आएको उदाहरण दिँदै सहकारीमा देखिएको समस्यालाई तीन तहका सरकारको सक्रियताले मात्र समाधान गर्न सकिने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार भीमप्रसाद तिवारीले सहकारीमा सुशासन नभएको बताउँदै रुपन्देहीका ५० भन्दा धेरै सहकारीमा पुगेर सुधार गर्न निर्देशन दिएको जानकारी दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu