विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्त बुझ्दो नभएको बताउनुभएको छ । शनिबार बिहान विमानस्थलको अनुगमन गर्न पुग्नुभएका मन्त्री किरातीले यस्तो बताउनु भयो ।
उहाँले तुलनात्मक रूपमा विमानस्थलको सुधार हुँदै गएपनि चित्तबुझ्दो रूपमा सुधार हुन नसकेको भन्दै अझै सुधारका कार्यक्रम अघि बढाउन निर्देशन दिनुभयो । उहाँले यसअघिको अनुगमनमा निर्देशन गरिएका कुराहरू चित्तबुझ्दो रूपमा कार्यान्वयन नभएको बताउनु भएको हो । मन्त्री किरातीले आजको अनुगमनमा टर्लिमा ब्रेक नभएको पाइएको भन्दै तत्काल त्यसलाई सुधार गर्न निर्देशन दिनुभयो ।