Connect with us
Kapilvast Forest

राजाले श्रीमती लाई दिए विश्वासघातको सजाय

२०७६, ५ कार्तिक मंगलवारमा प्रकाशित

बैंकक । थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक पत्नी सनीनातको शाही उपाधि खोसेका छन्।

महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले पत्नीको शाही उपाधिखोसिदिएको बताइएको छ । उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन्। उनका व्यवहारहरू अपमानजनक भएको र महत्वाकाङ्क्षी बनेको बताइएको छ ।

राजाले चौथो पत्नीको रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनालगत्तै ती महिलालाई जुलाई महिनामा चाओ खुन फ्रा सिनिनात बिलासकलयानीको उपाधि दिएका थिए। उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको बताइन्छ।

मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षक हुन् ।

गत अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेको फोटो औपचारिक रूपमा सार्वजनिक गर्दै राजाले उनको शाही जीवनगाथा सिर्जना गर्न निर्देशन दिएको उल्लेख थियो।सिनीनातको उपाधि खोसिने घोषणा सोमवार राजपत्रमा प्रकाशित भयो ।

उनी वर्षौंदेखि राजाको नजिक थिइन् ।राजाले सुतिदासँग विवाह गरेपछि पनि सनीनात शाही कार्यक्रममा नियमित उपस्थित हुने गर्थिन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj