Connect with us
Kapilvast Forest

आठ करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा

२०७९, २३ माघ सोमबारमा प्रकाशित

दोलखा- दोलखाको भीमेश्वर नगरपालिका–७ मकै बारी पुवाँलेमा एकाघरका चार भाइको संयुक्त आठ करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ ।वडा नम्बर ७ कै उखुबारीका ती दाजुभाइले साबुन उद्योग सञ्चालनमा ल्याउनु भएको हो । केसी सोप एन्ड केमिकल इन्ड्रस्ट्रिज प्रालिका नाममा स्थापना भएको सो उद्योगले फार एक्स,पुर्खा, दोलखा टपलगायतका साबुन बजारमा ल्याएको सञ्चालक शिव केसीले जानकारी दिनु भयो ।

उहाँका अनुसार विदेशको मोह त्यागेर देशमै गर्न सकिन्छ भन्ने उद्देश्य लिएर उद्योग खुलेको हो । जिल्लाकै नौ महिला र १० पुरुषले रोजगारी पाएका छन् । दैनिक दुई टन साबुन उत्पादन हुन्छ । उत्पादित साबुन उपत्यका, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र दोलखामा खपत हुने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu