सिरिया र टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प, ११० भन्दा बढीको मृत्यु
बेरुत- दक्षिण पूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रबिन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले बताएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पमा परी सिरियाको अलेप्पो लाटकिया हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।