Connect with us
Kapilvast Forest

जिल्ला प्रशासन कार्यालय रौतहटले हटायो बिचौलिया

२०७९, २३ माघ सोमबारमा प्रकाशित

रौतहट- बिचौलियाको चलखेलको कारण सेवाग्राही मर्कामा परेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले कार्यालय वरपरबाट उनीहरुलाई हटाइएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सेवा प्रवाहमा बिचौलियाको चलखेल रोक्न कार्यालय आसपास बस्दै आएका बिचौलियाको भीड हटाउन लगाउनुभएको हो ।

प्रजिअ मिश्रले कार्यालय वरपर टेबुल कुर्सी राखेर, बोरा बिच्छ्याएर, दुईचार वटा फाइल राखेर सेवाग्राहीका कामको समेत जिम्मेवारी लिने बिचौलियालाई हटाइएको बताउनुभयो । उहाँकाअनुसार वडा कार्यालयले नै अनुसूचि सिफारिस गरी पठाउने भएकोले सेवाग्राहीलाई बिचौलियको आवश्यक नै पर्दैन । बिचौलियाको कारण सेवाग्राहीको पहुँच कार्यालयसँग नहुने र कर्मचारी समेत कार्यालयको कामप्रति उदासीन हुने भएकोले पनि बिचौलिया विस्थापित गर्नु आवश्यक परेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj